भ्रष्टाचार झन् बढ्योः प्रदेश प्रमुख जोशी « Khabarhub

भ्रष्टाचार झन् बढ्योः प्रदेश प्रमुख जोशी


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्य लिँदा पनि झन बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । महेन्द्रनगरमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका आयोजित कार्यक्रममा उनले मुलुकभित्र ठूलो जिम्मेवारीमा रहेकाहरुले जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताए ।

“वर्तमान अवस्था ठिक भए पनि भविष्यका लागि सुनिश्चित गरौँ भन्ने मनोविज्ञानले भ्रष्टाचार बढाउँछ ।” प्रदेश प्रमुख जोशीले भने “यस्ता क्रियाकलापले झन् सम्बन्धित व्यक्तिको भविष्य बिग्रिने निश्चित छ । मानिसको सोच, संस्कार, व्यवहारसित नै भ्रष्टाचार निहित हुने गरेको छ ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेर प्रदेश सरकार अघि बढेको बताए । “भ्रष्टाचार र शुसासनका निम्ती कसैसित कुनैखाले सम्झौता हुँदैन, ” उनले भने “त्यसका लागि प्रदेश सरकार तपाईहरुसितै छ ।” उनले मुलुकको शुसासन र भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनुपर्ने बताए ।

“भ्रष्टचार र शुसासनका सन्र्दभमा विभिन्न कोणबाट कुरा उठिरहेका छन् ।” मुख्यमन्त्री शाहले भने, “मुलुकको सम्मृद्धि र विकासमा समेत भ्रष्टाचार ठूलो बाधकका रुपमा छ ।”

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : १६ बजे

मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले गत

एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडाैं- नेकपा (एमाले) को मंसिर २७ देखि हुने एघारौँ महाधिवेशनका

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभा धनगढीमा सुरु (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देशसभा धनगढीमा सुरु भएको

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए राखेपका सदस्य सचिव घिसिङ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा

सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण