भ्रष्टाचार झन् बढ्योः प्रदेश प्रमुख जोशी « Khabarhub

भ्रष्टाचार झन् बढ्योः प्रदेश प्रमुख जोशी


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्य लिँदा पनि झन बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । महेन्द्रनगरमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका आयोजित कार्यक्रममा उनले मुलुकभित्र ठूलो जिम्मेवारीमा रहेकाहरुले जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताए ।

“वर्तमान अवस्था ठिक भए पनि भविष्यका लागि सुनिश्चित गरौँ भन्ने मनोविज्ञानले भ्रष्टाचार बढाउँछ ।” प्रदेश प्रमुख जोशीले भने “यस्ता क्रियाकलापले झन् सम्बन्धित व्यक्तिको भविष्य बिग्रिने निश्चित छ । मानिसको सोच, संस्कार, व्यवहारसित नै भ्रष्टाचार निहित हुने गरेको छ ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेर प्रदेश सरकार अघि बढेको बताए । “भ्रष्टाचार र शुसासनका निम्ती कसैसित कुनैखाले सम्झौता हुँदैन, ” उनले भने “त्यसका लागि प्रदेश सरकार तपाईहरुसितै छ ।” उनले मुलुकको शुसासन र भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनुपर्ने बताए ।

“भ्रष्टचार र शुसासनका सन्र्दभमा विभिन्न कोणबाट कुरा उठिरहेका छन् ।” मुख्यमन्त्री शाहले भने, “मुलुकको सम्मृद्धि र विकासमा समेत भ्रष्टाचार ठूलो बाधकका रुपमा छ ।”

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : १६ बजे

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य