सवारी कारबाहीबाट एक करोड बढी राजस्व सङ्कलन « Khabarhub

सवारी कारबाहीबाट एक करोड बढी राजस्व सङ्कलन


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् ।

गत आव २०७९–८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी  तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो ।

यो अघिल्लो आव २०७८–०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । अघिल्लो आव २०७८–७९ मा सो कार्यालयले दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।

ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ ।  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ५५ बजे

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको