विरामी मृत्यु प्रकरण : ११ वर्षपछि नक्कली डाक्टरसहित तीन जना पक्राउ « Khabarhub

विरामी मृत्यु प्रकरण : ११ वर्षपछि नक्कली डाक्टरसहित तीन जना पक्राउ


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ ।

विसं २०६९ सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा सङ्लग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरेको हो ।

नक्कली प्रमाणपत्रधारी मेहताले आफूलाई ‘डाक्टर हुँ’ भन्दै पोलिक्लिनिकमा भर्ना गराएका राईको दुईवटा सुई लगाएपछि मृत्यु भएको थियो । सुई लगाएको पाँच मिनेटको अन्तरालमा बिरामीको मृत्यु भएको भन्दै मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

बिरामी राईको मृत्युपछि फरार रहेका मेहतालाई माघ–२४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी बेनु कार्कीले सोमबार विज्ञप्तीमार्फत जानकारी दिएका छन् । छानबिनका क्रममा उपचारमा सङ्लग्न कथित डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेस गरेर पोलिक्लिनीकमा काम गरेको वास्तविकता सार्वजनिक भएको थियो ।

प्रहरीले सोही पोलिक्लिनिक सम्वद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साह र बोदेबरसाइन नगरपालिका–२ का ४२ वर्षकै अशोककुमार साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ११ : ०० बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर