माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि « Khabarhub

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विधान सम्मेलन आज सुरु हुँदैछ । सम्मेलन काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।

जम्बो केन्द्रीय समिति निर्माण गरेको  माओवादीले विधान अधिवेशनबाट १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको थियो ।

पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो ।

सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य थिए ।

आइतबार र सोमवार भएको केन्द्रीय कमिटी बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समीक्षा भएको थियो ।

सो अभियानले माओवादीलाई थप बलियो बनाएको जनाउँदै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाई घाटा भएको जनाउँदै पुनर्विचार गर्नु पर्नेमा जोड गरेका थिए ।

 

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ५३ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, दश उद्योगको लाइन काटियो

काठमाडौं– औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म

अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा पाँच जनाको मृत्यु, १४ बेपत्ता

काबुल– पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरुभूमि हुँदै इरान प्रवेश गर्ने

प्रक्षेपणअनुसार बाढीको खतरा छैन : मौसम विभाग

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष

‘ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’

जनकपुरधाम– मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद

कांग्रेस-नेकपा गठबन्धनविरुद्ध उभिएका झलनाथको छुट्टै तयारी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेपाली कांग्रेससँगको गठबन्धनको