विस्फोटक पदार्थसहित दुईजना पक्राउ « Khabarhub

विस्फोटक पदार्थसहित दुईजना पक्राउ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विस्फोटक पदार्थसहित  प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूको साथबाट विस्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड, सोडा करिब २ केजी, सहयोग रसिद ठेली २ थान तथा विभिन्न कागजात, डिजिटल स्ट्याम्प १ थान, मोबाइल ४ थान, सिम कार्डहरू लगायतका सामान बरामद भएको छ ।

विराटनगर महानगरपालिका-३ स्थित खाली चौरमा प्रेसर कुकर बम जस्तो बस्तु फेला परेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको र अनुसन्धानको क्रममा उक्त बस्तु राख्न उनीहरूको संलग्नता रहेको खुल्न आएको  छ । उक्त बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 


प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : १९ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री