जलनसम्बन्धी स्तरीय अस्पताल निर्माण गर्नुपर्छ : चन्द्र भण्डारी « Khabarhub

जलनसम्बन्धी स्तरीय अस्पताल निर्माण गर्नुपर्छ : चन्द्र भण्डारी


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए । उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे ।

विकाससँगै उपयोगिताबारे आमजनतामा जनचेतना फैलाउनुपर्ने भण्डारीको भनाइ थियो । “हामीले गरेको विकास जनतासम्म पुगेको छ । अब त्यसको उपयोगका बारेमा जनचेतना जगाउन आवश्यक छ । विकासको सही तरिकाले सदुपयोग नहुँदा यस्ता समस्या उत्पन्न भइरहेका छन्”, उनले भने ।

आगलागी, भूकम्प, बाढीपहिरोलगायत भवितव्यसम्बन्धी सुरक्षा सावधानीका विषय पाठ्यक्रममा नै समेटिनुपर्नेमा नेता भण्डारीले जोड दिए । सङ्घीय सरकारले जनलसम्बन्धी उपचार गर्ने गुणस्तरीय अस्पताल बनाउनुपर्ने भन्दै ललितपुर महानगरका प्रमुख, काठमाडौँका महानगरका प्रमुखलगायत मिलेर योजना अगाडि सानुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले ३० देखि ४० प्रतिशतसम्मको जलनको मुलुकमा उपचार सम्भव नहुनु दुखद भएको बताए । अहिले संसद्मा भवितव्यका पीडितलाई राज्यले उपचारको जिम्मेवारी लिनुपर्ने गरी कानुन निर्माण गर्न लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, स्व विप्लव अधिकारीका पिता ठाकुरनाथ अधिकारीलगायतले आ–आफ्नो भनाइ राखेका थिए।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : १५ बजे

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

विपन्नका लागि छुट्याइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने