पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न « Khabarhub

पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपाही इन्भेष्टमेन्टले आज  सरस्वती पूजाको अवसरमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम गरेको छ ।

आज श्रीपञ्चमीका दिन पाही इन्भेष्टमेन्ट प्रा.लि द्वारा सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रमका साथ लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभिनयसमेत सञ्चालन गरिएको थियो।

पाही इन्भेष्टमेन्ट प्रा.लिले सञ्चालन गरेको लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभियान पुल्चोक इन्जिनियर कलेज र थापाथली इन्जिनियर कलेजमा आयोजना गरेको हो ।

लगानीकर्ताहरुमाझ शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषणबारे कार्यक्रममा लगानीकर्ताहरुसँग रहेका शेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

सो कार्यक्रममा पाही इन्भेस्टमेन्ट प्रा.लिका तर्फबाट अध्यक्ष इन्द देव यादव, पाही इन्भेष्टमेन्टका डाइरेक्टर दुर्गानन्द यादव तथा कार्यकारी निर्देशक कमल घितालले लगानीकर्ता शेयर सचेतना कार्यक्रम  प्रदान गरेका थिए।

कार्यक्रमको सम्बन्धमा बोल्दै पाही इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इन्दु देव यादवले शेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्था लगायतका विविध विषयमा जानकारी दिए।

साथै उनले शेयर बजार सचेतनाको काम हुनुका साथै शेयर बजारसम्बन्धी सम्पूर्ण प्रक्रिया, ज्ञान र अनुभव कार्यक्रममा सहभागी भएकालाई जानकारी दिइएको उल्लेख गरे।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : २६ बजे

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव