स्मार्टफोन रातभर चार्जमा छोड्दा के हुन्छ ? « Khabarhub

स्मार्टफोन रातभर चार्जमा छोड्दा के हुन्छ ?


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले हाम्रो अधिकांश समय स्मार्टफोनमा नै बितिरहेको हुन्छ । फोनमा नै बढी समय बित्ने भएकाले कुनै खाली समय पायो कि फोन चार्जमा राख्ने गर्छौँ ।

त्यसमा पनि धेरैको बानी हुन्छ रातभरि फोन चार्जमा राखेर सुत्ने । रातभरि फोन चार्जमा राखेर सुत्दा बिहान सय प्रतिशत चार्ज देख्दा धेरैको मन फुरुंग हुने गर्छ कि अब त जति मोबाइल चलाए पनि हुने भयो ।

तर, फोन सय प्रतिशत हुँदासम्म चार्ज गर्नु गलत हो । आफ्नो फोनको ब्याट्री सुरक्षित राख्न फोनलाई ८० देखि ९० प्रतिशतसम्म मात्र चार्ज गर्नु पर्छ  ।

फोन रातभरि चार्ज गर्नु नै हुँदैन यो पुरै सही वा गलत भनेर भन्न सकिन्न । अहिलेका स्मार्टफोनमा प्रोटेक्टिभ चिप्स पनि हुन्छन् । जसले फोनको ब्याट्रीलाई ओभरलोड हुन दिँदैनन् ।

यस्तोमा फोनमा म्यानुफ्याक्चरिङ डिफेक्ट छैन वा फोन निकै पुरानो नहुँदासम्म ओभर चार्जका कारण समस्या हुने सम्भावना कम नै हुन्छ ।

स्मार्टफोनहरूमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हुन्छ । त्यसैले फुल चार्ज हुने बित्तिकै, स्मार्टफोन चार्ज हुन बन्द हुन्छ ।

फोन रातभर चार्जमा छोडियो भने प्राकृतिक रूपमा घट्ने चार्ज तत्कालै रिकभर हुन्छ । जसले गर्दा ब्याट्रीमा स्ट्रेस बढ्छ । यही कारणले फोनको ब्याट्रीको क्षमता पनि घट्दै जान्छ ।

कतिपय फोनहरू फास्ट चार्जका कारण धेरै तात्ने गर्दछन् र चार्ज प्लगमा विद्युत् निरन्तर जाने आउने भइरहेको छ भने त्यसलाई अफ गर्नु नै उपयुक्त हुन्छ ।

यस्तो समयमा राती हाई भोल्टेज आएको अवस्थामा फोन पड्किने र आगो लाग्ने सम्मको सम्भावना रहन्छ ।

छिनछिनमा चार्जमा जोड्ने र निकाल्ने गर्नु हुँदैन । छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा पनि ब्याट्रीको आयुमा नकारात्मक असर पर्न सक्छ ।

मोबाइलमा कति हुँदा र कति सम्म चार्ज गर्ने ?
२० प्रतिशत ब्याट्री बाँकी छँदा मात्रै चार्जमा जोड्ने गर्नुपर्छ र ८० प्रतिशत पुग्ने बित्तिकै चार्जबाट हटाउने गर्नुपर्छ ।

राति चार्जमा राख्नै पर्ने अवस्था आए के गर्ने ?
यदि रातभर मोबाइल चार्जमा छोड्नै पर्ने अवस्था आयो भने चार्जमा राख्नु अघि स्विच अफ गर्नु पर्छ यसो गर्दा ब्याट्रीमा अनावश्यक भार पर्दैन ।  

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ६ : २१ बजे

रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ

काठमाडौं- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र

ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले

कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम

तेहरान- अमेरिकाले इरानको केशम द्वीपलाई निशाना बनाइरहेको छ। करिब १,४४५

म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु

बैंकक– म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको एक ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा