कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते « Khabarhub

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३० जना घाइते भएका छन्  ।

गएराति १ बजे कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो।  

घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। बसमा ४० यात्रु सवार सवार रहेको बताएको छ।

महेन्द्रनगरबाट काठमाडौँका लागि गुडेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

बस सडकबाट दुईसय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृतकको सनाखत हुन सकेको छैन। तिव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ६ : ४६ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल