एनिमेटेड चलचित्र ‘सलिना’ चैत १६ गतेदेखि प्रदर्शन हुने | Khabarhub Khabarhub

एनिमेटेड चलचित्र ‘सलिना’ चैत १६ गतेदेखि प्रदर्शन हुने


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको पहिलो एनिमेटेड चलचित्र ‘सलिना’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। सरस्वती पूजाको अवसर पारेर हिजो चलचित्रको प्रदर्शन मिति चैत १६ गते तोकिएको हो ।

चलचित्रलाई श्री ब्यांकटेश इन्टरटेनमेन्ट प्रालीको तर्फबाट मनोज राठी र उज्वल पौडेलले वितरण गर्ने जनाइएको छ ।

यो सम्पूर्ण रुपमा नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र हो । यसमा पाश्र्व आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग भएको छैन ।

चलचित्रले राजकुमारी सलिनाको कथा बताउँछ । उनी अरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउनका लागि विभिन्न तालिम लगायतका यात्रा सुरु गर्छिन् ।

रेनमेकर एनिमेसन एकेडेमी काठमाडौँ बालाजुमा अवस्थित नेपालको एक प्रतिष्ठित एनिमेसन र भिजुअल इफेक्टस् एकेडेमी हो । जसले विगत १० वर्षदेखि थ्रिडी एनिमेसन र भिजुअल इफेक्टस् सम्बन्धी तालिम प्रदान गर्दै आएको छ ।

तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा ग्राफिक कलाकार सगिन महर्जन, अविनाश सिंह थारू र शिरभा मानन्धर छन्।

चलचित्रमा कलाकारहरूमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइंकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारलगायतले आवाज दिएका छन् ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ११ : ११ बजे

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक