आईसिसी क्रिकेट विश्वकप लिग २ : नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ  « Khabarhub

आईसिसी क्रिकेट विश्वकप लिग २ : नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ 


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको नेपालका लागि दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए । नामिबियाको धारिलो बलिङ सामु नेपालले रन जोड्न निकै संर्घष गर्नुपर्यो ।

नेपालका कप्तान रोहित शर्मा एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए । नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट भए । कुशल मल्लले १५ रन बनाउँदा सोमपाल कामी २ रनमा आउट भए ।

गुलसन झाले २१ रन बनाउँदा पवज सर्राफ १२ रनमा पभेलिएन फर्किए । अहिले क्रिजमा करण केसी १४ रन बनाएर खेलिरहेका छन् भने ललितराजंशी शून्य रनमा उनलाई साथ दिएका छन् ।

यो आईसिसी क्रिकेट विश्वकप लिग २ को उद्घाटन खेल हो । सन् २०२७ मा हुने विश्वकपका लागि ८ टोलिले लिग २ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १२ : २३ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला