उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ’, प्रधानमन्त्री दाहालले भने, ‘हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।’ उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याए

विश्वव्यापी शक्तिहरूले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरू आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताए।

‘उच्च शिक्षाको सन्तुलन विश्वव्यापीरुपमा उत्तरतिर झुकेको देखिन्छ’, उनले भने, ‘महँगो बजेटका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उत्तरका शैक्षिक प्रणालीहरूले आकर्षित गरेपनि यो अवस्था लामो समयसम्म यस्तो अवस्था नरहन सक्छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १२ : २६ बजे

अनलाइन सञ्चार माध्यमको सूचीकरण प्रेस काउन्सिलले नगर्ने

काठमाडौं- प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने

हिमाली क्षेत्रका पर्यटक महँगीको मारमा, एक लिटर तातोपानीको मूल्य पाँच सय !

काठमाडौं- विकसित मौसमी प्रणालीको असरले नेपालको उच्च पहाडी र हिमाली

सरकारलाई सर्वोच्चको आदेश : राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं- सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता

फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार

काठमाडौं– कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा डुङ्गा पल्टिएर डुबेका

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग

सियोल- युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले