चरेससहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

चरेससहित दुई भारतीय नागरिक पक्राउ


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बारा । बाराबाट प्रहरीले लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ३५ किलो लागूऔषध चरेससहित दुई जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको टोलीले बुधवार ३२ एनएम ४४७६ नम्बरको भारतीय कारकार चेकजाँच गर्ने क्रममा चरेससहित दुई जनालाई नियन्त्रणमा लिएका हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती बस्ने साफिर अलि र कारमा सवार सोही ठेगाना भएका मोहमद अफजाललाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा चरेस फेला परेको छ।

३५ किलो लागूऔषध चरेस, सिमसहितको दुई थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेतलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत आज म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ९ : २४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको