आज २०७६ साउन २० गते सोमबारको राशिफल « Khabarhub

आज २०७६ साउन २० गते सोमबारको राशिफल


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ साउन २० गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

बृष

प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योगपनि रहेको छ ।

मिथुन

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कर्कट

मनमा निरासा र शरीरमा आलस्य आउला । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । अनावश्यक यात्रा हुनेछ ।

सिंह

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ ।

तुला

मान्यजनसंग भेटघाट हुने र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । बृश्चिक

बृश्चिक

भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

धनु

नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।

मकर

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कुम्भ

शुभकार्यको चर्चा चल्नेछ । मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मीन

मुद्दा मामिला आइलाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : २५ बजे

कङ्गोली विद्रोही नियन्त्रित क्षेत्रमा प्रकोप पुगेपछि इबोलाको जोखिम झन् बढ्यो

काठमाडौं- कोरोना भाइरसको महामारीको स्मरण ताजै रहेका बेला अफ्रिकामा इबोला

महिला क्रिकेट टोलीको बिदाई 

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका

कार दुर्घटनामा चालकको मृत्यु

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा