कन्या गुरुकुल महायज्ञमा ९८ लाख सङ्कलन | Khabarhub Khabarhub

कन्या गुरुकुल महायज्ञमा ९८ लाख सङ्कलन


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना भइरहेको महायज्ञमा हालसम्म रु ९८ लाख सङ्कलन भएको छ । महायज्ञको चौथो दिन आज रु ४२ लाख ८५ हजार सहयोग जुटेको छ ।

गुरुकुलका संस्थापक प्रमुख संरक्षक भगवती उपाध्यायले आज रु २५ लाख सहयोग गर्नुभएको छ । गुरुकुलमा अन्य दान दिने दाता थपिँदै गएका महायज्ञका कार्यक्रम संयोजक डा गोविन्द टण्डनले जानकारी दिए ।

सहयोग रकम थपिँदै गएको महायज्ञका सहसंयोजक टङ्कनाथ पौडेलले जानकारी दिए । आज गलेश्वर आश्रम देवघाटधामका पिठाधीश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले प्रवचन दिएका थिए ।

यही फागुन १ गतेदेखि सुरु भएको उक्त महायज्ञमा पण्डित कुवेर सुवेदीले भागवत कथा वाचन गरेका थिए । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको हो ।

हाल गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित कक्षा ५ देखि ११ सम्म ८० कन्या अध्ययनरत छन् । स्वर्गीय अङ्गुरबाबा जोशीको अगुवाइमा काठमाडौँमा २०६७ सालमा ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो ।

विसं २०७५ देखि देवघाटधाममा पनि गार्गी कन्या गुरुकुल सञ्चालनमा छ । नेपालमा दुई सय ५० भन्दा बढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेका राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिए । सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ११ : ०३ बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ