राजेश खन्नासँग शत्रुघ्नले माग्न नपाएको माफी… « Khabarhub

राजेश खन्नासँग शत्रुघ्नले माग्न नपाएको माफी…


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजको दिनमा बलिउडका दुई वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा र अमिताभ बच्चनको सम्बन्ध अति निकट छ । ८० को दशकमा यी दुईबीचको सम्बन्ध चिसिएको भए पनि अहिले राम्रो छ ।

फिल्मी करिअरको सुरुवाती क्षणमा शत्रुघ्न र राजेश खन्ना मिल्ने साथी थिए । तर ९० को दशकको सुरुवातमा यी दुईको सम्बन्ध चिसिएको थियो । राजेशको मृत्युको एक दशकपछि उनले यसबारेमा खुलासा गरेका छन् । उनले मित्रतामा चिसो पस्नुको कारण राजनीति भएको दाबी गरेका छन् । साथै उनले राजेशसँग माफी माग्न नपाएको पछुतो व्यक्त गरेका छन् ।

दोस्ती टुट्नुको कारण
जुम टीभीसँगको अन्तर्वार्तामा शत्रुघ्नले मिल्ने साथी राजेशसँग दूरी बढ्नुको कारण सन् १९९२ मा भएको उपनिर्वाचन रहेको खुलासा गरेका छन् ।

दिल्लीका लागि भएको सो उपनिर्वाचनमा राजेश र शत्रुघ्न आमनेसामने भएका थिए । शत्रुघ्न भारतीय जनता पार्टीको तर्फबाट र खन्ना कांग्रेसबाट टिकट लिएर उठेका थिए ।

यद्यपि उपनिर्वाचनमा उठ्ने आफ्नो नभइ पार्टीको निर्णय भएको उनको दाबी छ । आफूले यो कुरा बुझाउन खोजे पनि राजेशले सकारात्मकरुपमा नलिँदा सम्बन्धमा चिसो पसेको शत्रुघ्नको बुझाइ छ ।
राजेशलाई सम्झाउन कोसिसमा उनले भनेका थिए रे, ‘म तिमी विरुद्धमा चुनाव लडेको होइन । को कहाँ लड्ने भन्ने निर्णय पार्टीको हो ।’

राजेशका विरुद्धमा आफू चुनाव लड्न नचाहे पनि पार्टीका वरिष्ठ नेता लालकृष्ण अड्भानीको बोली हार्न नसकेर यो परिस्थिति निर्माण भएको उनी बताउँछन् । उनी थप्छन्, ‘हाम्रो लामो समय कुरा भएन । तर, धेरै वर्षपछि हामी कुरा गर्न थाल्यौँ तर पहिलाको जस्तो सम्बन्ध बनेन ।’

मिलेन माफी माग्ने मौका
राजेशसँगको सम्बन्ध पहिलाको जस्तै सामान्य होस् भन्ने पक्षमा रहेकाले पछिल्लो माफी माग्ने मनस्थितिमा पुगेको शत्रुघ्न बताउँछन् । तर यसभन्दा पहिला नै राजेशले धर्तीबाट बिदा लिएकोमा पछुतो लागेको उनी गुनासो गर्छन् ।

उनी भन्छन्, ‘म आफैँ बिरामी भएर अस्पतालमा रहँदा छोरी सोनाक्षीलाई डिस्चार्ज भएपछि माफी माग्न जाने बारेमा समेत कुरा गरेको थिएँ ।’

परिस्थितिले साथ नदिँदा यो अवसर नजुरेकामा अहिले पछुतो भएको उनी बताउँछन् । सोनाक्षीले नै आफूलाई राजेशको मृत्युको खबर सुनाएको उनी बताउँछन् ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : २९ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक बस्दैछन्

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्‍याएकाे  क्षतिबापत एक

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– आज साउन महिनाको पहिलो सोमबार । सौरमासअनुसार साउनको पहिलो

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल