सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश | Khabarhub Khabarhub

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाउने आश जागेको छ ।

आफ्नै ठाउँबाट धपाइनुपर्ने पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनले जग्गासम्बन्धी छानबिन गरिने प्रतिबद्धता जनाएपछि आश पलाएको हो ।

‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछन्’, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘यसपालि प्रधानमन्त्रीले छानबिन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् ।’ प्रधानमन्त्रीको  निर्देशनले थारूटोल बनराका सुकुम्बासीले न्याय पाउने उनको भनाइ छ ।

रातु नदीको नदी उकास क्षेत्रमा २००० सालदेखि बसोबास गर्दै आएका आदिवासी थारू एवं मुसहर, बाँतर, चमार, खत्बेलगायतका दलित परिवारका  चौथो पुस्ताका सन्तान यहाँ बस्छन् ।

विसं २०५१ मा सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनाएर लालपुर्जा दिने आश्वासन दिएको थियो । आफ्नो जग्गा  अर्कैको नाउँमा दर्ता भएको थाहा पाएपछि उनीहरु निराश छन् ।

‘पहिला चालै पाइएन, १०–१२ वर्षपछि नचिनेका बाहिरी व्यक्ति मेरो जग्गा भन्दै आउन थाले’, सो बस्तीकी ७५ वर्षीया रामसुनरदेवी थारू भन्छिन्, ‘अनि जग्गाबारे खोजीनीति हुन थाल्यो ।’ प्रधानमन्त्री स्वयंले तत्परता लिएपछि  जग्गाबारे खोजबिन हुने विश्वास बढेको उनको भनाइ छ ।

थारूटोल बनरामा चार पुस्तादेखि घरझुप्रा बनाएर बसोबास गर्दै र पर्ति जग्गा खनजोत गर्दै आएका एक सय ८७ परिवारको जग्गा जति अर्कैको नाउँमा दर्ता भएपछि बिचल्ली भएको छ । ‘हाम्रो टेक्ने समाउने केही आधार रहेन’, स्थानीय जयकरण बाँतर भन्छन् ।

सुकुम्बासीले बिहीबार प्रधानमन्त्री दाहालसँग भेटघाट गरेका थिए । थारूटोल बनराको सुकुम्बासी बस्तीको जग्गा दर्ताबारे छानबिन हुनपर्ने, जग्गा दर्ता गराउने अधिकारी र भूमाफियालाई कारबाही हुनपर्ने, बाहिरी व्यक्तिका नाममा दर्ता भएको स्वामित्व खारेज हुनपर्ने र घरझुप्रा बनाएर बसेका सुकुम्बासी तथा खनजोत गर्दै आएका भूमिहीनका नाममा जग्गा दर्ता गरिनुपर्ने सुकुम्बासीको माग छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : ५२ बजे

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको