पाकिस्तानको राजनीति अझै अनिश्चित | Khabarhub Khabarhub

पाकिस्तानको राजनीति अझै अनिश्चित


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

जेल भित्र रहेको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान तथा उनको दल तारेक इन्साफ पार्टी निकट स्वतन्त्र उम्मेदवारले सर्वाधिक सिट जितेपछि पाकिस्तानको राजनीति एक पटक तरङ्गित भएको छ।

यसले अबको सरकार कस्तो बन्ने कुरामा समेत अन्योल बनेको छ। मंगलबारदेखि समीकरणको बाटो खुलेको छ। तर सबै कुरा निश्चित भइसकेको छैन।

इन्टरनेटमा अवरोध र चुनावी मार्च पाससमेत गर्न नपाएको पिटिआई थुप्रै व्यवधानलाई पार गर्दै सो दलमा आबद्ध उम्मेदवारले २ सय ६५ सिटको राष्ट्रिय सभामा ९३ स्थानमा जित हात पारेका छन्।

पूर्व प्रधानमन्त्री नवाज सरिफको दल पीएमएलएनले ७५ तथा विलवाल भुट्टो जरदारीले नेतृत्व गरेको पीपीपीले ५४ स्थानमा जित हात पारेका छन्। संसद्ले प्रधानमन्त्रीको चयन गर्ने प्रावधान रहेको पाकिस्तानमा अझै पनि धेरै कुरा अनिश्चित नै छ। भलै, पीएमएलएन र पीपीपी बिच पहिलो चरणको समझदारी बनेको किन नहोस्।

जेल भित्र रहेको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान तथा उनको दल तारेक इन्साफ पार्टी निकट स्वतन्त्र उम्मेदवारले सर्वाधिक सिट जितेपछि पाकिस्तानको राजनीति एक पटक तरङ्गित भएको छ।

पीटीआईले त आफूसँग सत्ता चलाउन आवश्यक जनमत भएका कारण अर्को गठबन्धन नै आवश्यक नपर्ने दाबी गरिरहेको थियो। सो दलका नेता जेलमा रहेका कारण प्रधानमन्त्री नहुने त पहिले नै पक्का थियो। परन्तु, राज्यका अन्य कुनै पनि निकाय सो दल प्रति सकारात्मक भएनन्। राजनीतिक विश्लेषक अजिम चौधरी खानका लागि अझै पनि अवस्था सहज नभएको दाबी गर्छन्।

विगतमा सत्ता चलाउँदा अन्य दलको नेतृत्वमाथि खानले गरेको व्यवहारका कारण कोही पनि उनी प्रति सकारात्मक भएनन्।

निर्वाचनको सुरुवाती रुझानमा खानका समर्थकहरू अगाडि आउने बित्तिकै पीएमएलएन र पीपीपीका समर्थकका माझ वार्ता भएको थियो। उनीहरूको तयारी अन्य साना दल सहित गठबन्धन गरेर खानलाई एक्लो बनाउने छ। यस अवस्थाबाट पार पाउँदै कसले सरकार चलाउँछ भन्ने कुराको यकिन गर्न पनि साँच्चै कठिन छ।

पार्टीका केही भित्रियाकै अनुसार खानको स्वभाव नै गठबन्धनको नेतृत्व गर्ने किसिमको छैन। इमरान सत्ता च्युत हुने बित्तिकै सेहबाजले गठबन्धनको नेतृत्व गरेका थिए। अहिले अन्य साना दलले सो दललाई स्वीकार गर्ने यो नगर्ने भन्ने नै अनिश्चित नै छ।

निर्वाचनको सुरुवाती रुझानमा खानका समर्थकहरू अगाडि आउने बित्तिकै पीएमएलएन र पीपीपीका समर्थकका माझ वार्ता भएको थियो। उनीहरूको तयारी अन्य साना दल सहित गठबन्धन गरेर खानलाई एक्लो बनाउने छ।

पूर्व विदेश मन्त्री भुट्टो जर्दारीका लागि अवसर त हो। तथापि यस जटिल अवस्थामा महत्त्वपूर्ण र कठिन जिम्मेवारीको जोखिम उनले स्वीकार गर्ने या नगर्ने भन्ने प्रतीक्षाको अन्त्य भएको छ। उनले सरकारमा समेत नजाने पक्का गरिसकेका छन्। तथापि उनको दल नै सत्ता साझेदारीको प्रमुख हिस्सा भएको कुरा अस्वीकार गर्न मिल्दैन। तर किङ मेकर बनेका भुट्टोका बाबु असिफ अल जर्दारी खानसँग हात मिलाउने जस्ता खतराजन्य काम छोराका लागि गर्न नचाहनु पछिल्लो समीकरणको एउटा कारण हो। यस अवस्थामा कुनै बाहिरी व्यक्ति प्रधानमन्त्री हुने सम्भावना पनि चौधरीले अझै देखेका छन्।

मतगणनाको शैलीमा धेरै जना जनता आक्रोशित भएका छन्। अझ धेरै खानका समर्थको अहिले आक्रोश थपिएको छ। गणनामा धाँधली गरेर आफ्ना उम्मेदवारको मत घटाइएको उनीहरूको दाबी छ। चुनावी परिणामलाई लिएर भएको प्रदर्शनलाई छिन्न भिन्न पार्न प्रहरीले अश्रुग्याँस समेत प्रयोग गरेको छ।

मतगणनाको शैलीमा अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारवादी सङ्गठनले पनि आपत्ति जनाएका छन्। निर्वाचन भएको २१ दिनपछि फेब्रुअरी २९ का दिन पाकिस्तानको पहिलो संसद्को बैठक बस्नेछ। विधायकहरूले यस लगत्तै सभामुख लगायत अन्य महत्त्वपूर्ण जिम्मेवारी पनि दिने छन्। संसद्को बैठक राष्ट्रपतिले बोलाउने छन्।

निर्वाचनको परिणाम पछि सरिफले आफ्नो दल पाकिस्तानको स्थायित्वको लागि दत्तचित्त भएका कारण आफ्नो सरकार चलाउन योग्य भएको दाबी गरेका छन्। नवाज सरिफले सेवाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेका छन्। अहिले सो दलले नयाँ नीति लिएको छ। जर्दारी र सराफ बिचको गठबन्धन भएका जर्दारी सरकारमा आफ्नो दल नजाने कुरामा अडिग छन्। यी दुई दल बिचको वार्ता अघि बढेर धेरै सकारात्मक पाटोमा गए पनि सबै कुराको टुङ्गो लागेको छैन।

निर्वाचन भएको २१ दिनपछि फेब्रुअरी २९ का दिन पाकिस्तानको पहिलो संसद्को बैठक बस्नेछ। विधायकहरूले यस लगत्तै सभामुख लगायत अन्य महत्त्वपूर्ण जिम्मेवारी पनि दिने छन्। संसद्को बैठक राष्ट्रपतिले बोलाउने छन्।

यी दुई दल बिचको गठबन्धनले पनि आवश्यक १ सय ६९ सिट नपुग्ने भएका कारण अन्य साना दलको सहयोग आवश्यक छ। यी दुवै दलले साना दलसँगको वार्तालाई तीव्रता दिएका छन्।

पीपीपी र पीएमएलएनका बिचमा धेरै विरोधाभास रहे पनि इमरानको प्रभाव सत्तामा रहन नदिनका लागि यी दुई दलबिच साझेदारी बनेको जनाइएको छ। विगतमा खान सत्तामा रहँदा दुवै दलमाथि नकारात्मक सम्बन्ध राखेका कारण दुवै दल चिढिएका हुन्। पाकिस्तानी सेनाको चाहना पनि खानको सत्ता बिलकुलै होइन। यसले पनि नयाँ गठबन्धनलाई सहज बनाएको हो।

खानको दलको दाबी र सडकमा भएको प्रदर्शनको मूल कारण भनेको चुनावी परिणाम नै हो। १८ स्थानमा धाँधली गरेर आफू निकट उम्मेदवारलाई हराएको उनीहरूको आरोप छ। सबैभन्दा बढी सिट जितेको दलले ५६ वर्षीय आयुर खानलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ। तर उनी प्रधानमन्त्री हुने आधार कम देखिएको छ।

पाकिस्तानमा भएको नयाँ गठबन्धनमा थुप्रै समस्या नभएका होइनन्। खासमा आर्थिक विषयमा हेर्ने दृष्टिकोणमा असहमति छ। चीनसँगको चाइना पाकिस्तान इकोनोमीक कोरिडोरको सम्झौता पछि सो देश आर्थिक सङ्कटमा धकेलिएको छ। यसबाट तत्काल पार पाउन कठिन छ। पछिल्लो समय रुस युक्रेन युद्ध र जलवायु परिवर्तन जस्ता विश्वव्यापी समस्याले पनि संसारलाई असर गरेको छ। आर्थिक मन्दी र आर्थिक दुरावस्थाको घुमिरहेको चक्रबाट पाकिस्तान पनि मुक्त छैन।

सबैभन्दा बढी सिट जितेको दलले ५६ वर्षीय आयुर खानलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ। तर उनी प्रधानमन्त्री हुने आधार कम देखिएको छ।

यस अवस्थाबाट बाहिर आउने भन्दा पनि दुई दल खानको नेतृत्वलाई एक्लाउनका लागि तल्लीन भएका छन्। विगतमा ठुलो दुस्मनी भएका यी दुई दलको बिचमा आर्थिक नीतिमा पनि असमानता थियो।

गएको वर्षको मध्यमा नै अल पाकिस्तान टेक्सटाइल मिल्स एसोसिएसनको नेतृत्वकर्ता तथा संरक्षक गोहार इजाज र जर्दारी बिच लाहोरमा भेट वार्ता भएको थियो। सो भेटवार्ताले नै वातावरणलाई थप तरङ्गीत बनाएको थियो। सोही समयमा जर्दारीले देशमा थुप्रै औद्योगिक व्यक्तित्वसँग भेट गर्दै आफूहरूलाई साथ दिँदै पाकिस्तानको राजनीतिमा अगाडि ल्याउन अपिल गरेका थिए।

व्यापारीहरू भने पीएमएलएनको नेतृत्व प्रति कहिले पनि सन्तुष्ट थिएनन्। पीएमएनएलको आर्थिक नीति पुरानो भइसकेको तथा यसले त्यहाँको बिग्रँदो आर्थिक अवस्थालाई पार गर्न नसक्ने आरोप व्यापारीको थियो।

सन् २०२३ को मध्यमा नै यी दुई दलबिच एक किसिमको युद्ध विराम भएको थियो। सो युद्ध विरामको मुख्य कारण युवामा पीटीआईको प्रभाव पनि थियो। त्यस प्रभावले दुवै दललाई अत्त्याएको थियो। पाकिस्तानको राजनीति अझै अनिश्चित छ। तथापि सबै भन्दा धेरै स्थानमा सफलात पाए पनि खानका समर्थक सरकार बाहिर रहने सम्भावना प्रबल छ। परन्तु अब नयाँ समीकरण बन्ने सम्भावना कायम नै छ। स्रोतः एपी, रोयटर्स, द फ्राइडे टाइम्स

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : ०८ बजे

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’

भारत दक्षिणपूर्वी एशियाली मुलुकसँग सहकार्य बढाउँदै

काठमाडौं – केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुर र

गुल्मीमा सुख्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी – सुख्खा पहिरोमा परी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक

सर्लाहीमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

सर्लाही । यहाँको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको