कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै « Khabarhub

कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो ।

अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार आज साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ ।

याे अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्त्वमा गठन भएको भए पनि अहिले पुनर्गठन गर्दै भण्डारीलाई संयोजक तोकिएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेस गरेका छन् ।

प्रस्तावमा  सनातन हिन्दुराष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको छ। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका छन्।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : २१ बजे

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको