कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै | Khabarhub Khabarhub

कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो ।

अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार आज साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ ।

याे अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्त्वमा गठन भएको भए पनि अहिले पुनर्गठन गर्दै भण्डारीलाई संयोजक तोकिएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेस गरेका छन् ।

प्रस्तावमा  सनातन हिन्दुराष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको छ। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका छन्।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : २१ बजे

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको