सोलुखुम्बुमा सुविधा सम्पन्न सामुदायिक अस्पताल बन्ने « Khabarhub

सोलुखुम्बुमा सुविधा सम्पन्न सामुदायिक अस्पताल बन्ने


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–७ को नाजिङमा जनसहभागितामा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि १२ रोपनी जग्गासमेत प्राप्त भएको अभियन्ता डा राजेन्द्र बस्नेतले जानकारी दिए ।

सल्लेरीमा सञ्चालित सोलुहेल्थ केयर सेन्टरले रु १६ लाखमा खरीद गरेको उक्त जग्गा अस्पताललाई निःशुल्क दान गरेको सेन्टरका अध्यक्ष छितिज नकर्मीले बताए । निजी लगानीमा सञ्चालित हेल्थ केयर सेन्टरले दुर्गम क्षेत्रमा सामुदायिक अस्पताल आवश्यक पर्ने महसुस गरी सहयोग गरेको अध्यक्ष नकर्मीको भनाइ छ ।

सोलुखुम्बुसहित माथिल्लो सगरमाथा क्षेत्रका बिरामीलाई समेत सहज, गुणस्तरीय र बिरामीमुखी स्वास्थ्योपचार गर्नका लागि सामुदायिक अस्पताल निर्माणको परिकल्पना गरिएको अभियन्ता डा बस्नेतको भनाइ छ । करीब रु १५ करोडको अनुमानित लागतमा निर्माण हुने अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण तथा औषधिसहित विषेशज्ञस्तरीय सेवा दिने बताइएको छ ।

अस्पताल सञ्चालनका लागि जिल्लाको नेचासल्यान १ का डा योगेन्द्र बस्नेत र डा एलिना श्रेष्ठबाट उपचार सेवामा सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको अभियन्ताले बताएका छन् । आर्थिक स्रोत जुटाउने काम मुख्य चुनौती भएको भन्दै सहयोगी व्यक्ति, संस्था तथा दातृ निकायसँग समन्वय गर्ने बताइएको छ । अस्पताल मुनाफारहित रहने भएकाले शून्य सेयर पूँजी रहने अभियन्ताको भनाइ छ ।

अस्पतालबाट उठेको पैसाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबाट डाक्टर पढाएर त्यसपछि जिल्लाभरि अस्पतालको शाखा विस्तार गर्ने योजना बनाइएको छ । यस्तै, विषेशज्ञसहित हाडजोर्नी, यौन तथा छाला, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, बाल रोग र दन्त रोगसम्बन्धी उपचार सस्तो, सुलभ र गुणस्तरीय रुपमा प्रदान गर्ने योजना छ ।

२०८० सालसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको र अस्पताल निर्माणपछि आफूले १० वर्षसम्म निःशुल्क सेवा गर्न तयार रहेको पनि डा बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ६ : ४९ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी