लिभरपुललाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि « Khabarhub

लिभरपुललाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्चेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

लण्डनको वेम्ली रंगशालामा भएको खेलमा लिभरपुललाई पेनाल्टिमा पराजित गर्दै सिटीले सिल्ड जितेको हो । लिभरपुललाई पेनाल्टीमा ५–४ ले हराउँदै सिटीले सिजनको चौथो उपाधि जितेको हो ।

जर्जिनियो विजनाल्डमको पेनाल्टी प्रहार सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले रोक्नु भन्दा पहिला ग्राविलय जिससले विजयी गोल गरेका थिए ।

निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलको शुरुवाती १२औं मिनेटमा नै रहिम स्टर्लिङले गोल गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७७ औं मिनेटमा लिभरपुलका लागि जोलद माटिपले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

यसअघि सिटीले प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ०० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट