निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा | Khabarhub Khabarhub

निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ । 

लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त अस्पतालको हालसम्म भौतिक प्रगति ९५ प्रतिशत रहेको जनाइएको छ ।

पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जीबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

गत असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकामा कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिएपछि म्याद थप गरिएको निर्माण कम्पनीका इञ्जिनियर अरविन्द मण्डलले बताए। उनका अनुसार फागुन मसान्तसम्म उक्त भवन अस्पताल विकास समितिलाई हस्तान्तरण गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । 

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले रु १९ लाख (भ्याटसहित) लागत लाग्ने अनुमान गरेको थियो । अनुमानित लागतभन्दा करिब ३३ प्रतिशत खर्च कम लाग्ने गरी अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

निर्माणाधीन नयाँ भवनको रङरोगन र फिनिसिङको काम भइरहेको इन्जिनियर मण्डल बताए। जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक उपचारका लागि बुटवल, भैरहवा, भरतपुर र भारत पुग्ने गरेका थिए । 

.यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए। भौतिक पूर्वाधार काम सम्पन्न हुनेबित्तिकै फागुन अन्तिमदेखि नयाँ भवनबाट सेवा दिने लक्ष्य रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ५१ बजे

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको