संरक्षणको पर्खाइमा वाग्मा पोखरी « Khabarhub

संरक्षणको पर्खाइमा वाग्मा पोखरी


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ ।  

धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बराबरको क्षेत्रफलमा फैलिएको छ । मानव बस्तीभन्दा केही टाढा हरियाली वनको बीचमा एकान्त वातावरण रहेकाले पोखरीको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने स्थानीय बताउँछन् ।

निकै सुन्दर र आकर्षक देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवद्र्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ । पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । 

पोखरीको प्रवर्द्धन र प्रचारप्रसार गर्नसकेमा पर्यटकको धेरै उपस्थितिको सम्भावना रहेको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले बताए। थापाका अनुसार मिक्वाखोला–४ साँवामा स्थापित पर्यटकीय गन्तव्य फुङ्फुङगे झरना, वडा–५ पापुङको तोक्पेगोला लोदेन क्षेत्रसँगै वाग्मा पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।

गाउँपालिकाका अध्यक्ष कार्कीले पर्यटकीय शृङ्खलाअन्तर्गत तोक्पेगोला लोदेन क्षेत्र, फुङ्फुङगे झरना र वाग्मा पोखरीलाई जोड्न सकिने भए पनि विकास र प्रवर्द्धन हुन नसकेको बताए। गाउँपालिकाले आफ्नो नीति कार्यक्रममार्फत यस पोखरीलाई समावेश गरी मिक्वाखोलालाई पर्यटकीय हवका रुपमा विकास गर्नेगरी योजना बनाइरहेको उनले बताए। गाउँपालिकाले पर्यटन प्रवर्द्धनका योजना बनाइरहँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या रहेको उनको भनाइ थियो ।

वाग्मा पोखरीसहितका पर्यटकीयस्थलको विकासका लागि सङ्घ र प्रदेश सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आइएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरी पुग्ने पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सडक पुर्‍याउनुपर्ने र अन्य संरचना तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएको छ । 

आवश्यक संरक्षण, प्रचारप्रसारसँगै पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नका लागि पूर्वाधारको अभाव हुँदा प्रशस्त सम्भावना भएर पनि ओझेल परेको थापाले बताए। उनका अनुसार पालिकाले यस विषयमा आवश्यक पहल र समन्वय गरिरहे पनि सोचेअनुसार प्रगति नभएको बताए।

जिल्लाको एक पर्यटकीयस्थलका रुपमा रहेको वाग्मा पोखरी पुग्नलाई सदरमुकाम फुङ्लिङदेखि दोभान सान्थाक्रा तथा खोक्लिङ लिवाङ हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र थलङथलङ, साँवा सिरान हुँदै जान सकिन्छ । त्यस्तै फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम सिँवा बजार, खेजेनिम, सिबुक हुँदै पनि वाग्मा पोखरी पुगिन्छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  २ : २१ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि