व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड | Khabarhub Khabarhub

व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले शैक्षिक उन्नयन तथा भाषिक विकासका साथै सृजनशीलता एवं व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिएका छन् । 

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को आयोजनामा २८औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा वार्षिक साधरणसभाको उद्घाटन गर्दै सभामुखले विषयविज्ञको पेसागत व्यावसायिक दक्षता अभिवृद्धि गरी शैक्षिक रूपान्तरण गर्नुपर्ने बताए । नेल्टाको सहयोगमा अङ्ग्रेजी भाषा शिक्षकका ज्ञान, सीप र अनुभवलाई आदानप्रदान गर्न सञ्चालन हुने तालिम, कार्यशाला, सम्मेलनले सम्बन्धित क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरे । 

नेल्टाका अध्यक्ष मोतीकला सुब्बा देवानले सन् १९९२ मा स्थापित संस्थाले सातै प्रदेशका साथै ५८ जिल्लामा सञ्जाल विस्तार तथा अङ्ग्रेजी शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर अभिवृद्धि, अङ्ग्रेजी विषयका विज्ञको पेसागत अभिवृद्धिका कार्य गरेको जानकारी दिए।

नेपाल, भारत, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, बङ्गलादेश, मलेसियालगायत २० देशका प्रतिनिधि सहभागी सम्मेलनमा विविधतायुक्त अङ्ग्रेजी भाषा शिक्षणमा पुनः विचारसम्बन्धी छलफल, कविता गोष्ठी, साझेदार संस्थाको प्रस्तुतीकरण, एक सय ६४ वटा विभिन्न कार्यशाला तथा अध्ययन अनुसन्धानका विषयमा प्रस्तुति गरिने छ ।

यही फागुन ७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका अङ्ग्रेजी शिक्षक, प्रशिक्षक, अनुसन्धानलगायत एक हजार जनाको सहभागिता छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका कार्यालय, स्थानीय सरकारका साथै अमेरिकी सरकार, ब्रिटिस काउन्सिल, फुल ब्राइट कमिसनजस्ता अन्तर्राष्ट्रिय संस्था नेल्टाका साझेदार संस्था हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  २ : ५७ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित