इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो « Khabarhub

इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कायरो- इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको छ । इजिप्टका सामाजिक एकतामन्त्री निभिन एल–कब्बागले शुक्रबार यसबारे जानकारी दिएका हुन् ।

इजिप्टको राजधानी कायरोमा ‘रन फर गाजा म्याराथुन’ मा भाग लिँदै उनले आवाश्यक सेवाहरूको व्यवस्था गर्न, आपूर्ति श्रृङ्खला विस्तार गर्न करिब ३७ देशहरूबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टको रेड क्रिसेन्टको भूमिकाको प्रशंसा गरेका थिए । गाजाका लागि प्रदान गरिएको कूल राहत आपूर्तिको ६० प्रतिशत अर्थात् करिब दुई लाख टन सहायता प्रतिशत इजिप्टबाट विभिन्न मार्गबाट आएको मन्त्रीले उल्लेख गरे ।

इजरायलले गत अक्टोबर ७ देखि गाजामा हमासविरुद्ध सैन्य अभियान चलाइरहेको छ । दक्षिणी इजरायलमा आन्दोलनजन्य आक्रमणपछि करिब एक हजार २०० मानिसहरुको मृत्यु भएको छ ।

गाजामा इजरायली नाकाबन्दी र बमबारीले अहिलेसम्म २८ हजार ७७५प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ३ : २५ बजे

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम