भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन | Khabarhub Khabarhub

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो । 

दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा स्वास्थ्य सेवा  पुर्‍याउने उद्देश्यले  कोशी प्रदेशका सांसद विनोद बान्तावा, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरका सञ्चालक सांसद सुनील शर्मा, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र आमचोकका अध्यक्ष अशोक राईको सहयोगमा गत पुस २३ र २४ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो । 

दुई पालिकामा सञ्चालन गरिएको शिविरबाट करिब दुई हजार दुई सय जनाले निःशुल्क सेवा लिएका अस्पतालका बजार व्यवस्थापक अधिकृत नवीन दाहालले बताउनुभयो । शिविरमार्फत सामान्य रोगको निःशुल्क औषधि वितरण थियो । 

शिविरका क्रममा जटिल समस्या भएका एक सय ७८ जना बिरामीलाई निःशुल्क शल्यक्रिया तथा थप उपचारका लागि रेफर गरिएको थियो । रेफर गरिएकामध्ये जटिल किसिमका बिरामीको शल्यक्रिया गरिएको दाहालले बताए । शिविरबाट चिकित्सकसहितको टोलीले जनरल तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक कान घाँटी, न्युरो फोक्सो, कलेजो, नसा रोगलगायतको उपचार सेवा प्रदान गर्नुका साथै औषधि वितरण गरिएको थियो । 

रिफर गरिएकामध्ये हालसम्म विभिन्न रोगका १८ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको बजार व्यवस्थापक दाहालले बताए । सबै बिरामीको औषधिबाहेक सम्पूर्ण खर्च निःशुल्क गरिएको उनले जानकारी दिए ।

युरोलोजीको तीन, अर्थोपेडिक हार्डजोर्नीका चार, स्त्रीरोगतर्फ पाँच, नाक, कान तथा घाँटी एक, न्युरो सर्जरी एक, जनरल सर्जरी तीन र मुटुको एक जनाको शल्यक्रिया गरिएको दाहालले जानकारी दिए। डेन्टलमा सात जनाको निःशुल्क उपचार भएको उहाँको भनाइ थियो । उनीहरूलाई शय्यामा भर्ना गरेर नै उपचार गरिएको अस्पतालले जनाएको छ ।

नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको सांसद बान्तावाले बताए। उहाँका अनुसार रेफर गरिएकाको नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । 

मुख्यरूपमा स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, कृषि, सडकसँगै अरुण र दूधकोशी नदीमा निर्माण भइरहेका पक्की पुललाई समयमा सम्पन्न गराउन पहल गरिरहेको सांसद बान्तवाले बताए। पुल निर्माणपश्चात् आवतजावतलाई मात्र सीमित नराखेर यहाँका उत्पादनलाई बाह्य बजारसम्म पुर्‍याउनका लागि स्थानीय नागरिकलाई उत्पादनमुखीमा काम लाग्नका लागि उनले आग्रह गरे। 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ३ : २६ बजे

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो– दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा– लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ ।

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन

काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका