मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिँदै | Khabarhub Khabarhub

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिँदै


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो २ बजे मधेस प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।

गत पुस २७ गते जसपाबाट मुख्यमन्त्री बनेका यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत पाउन ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।

यादवलाई जनमत पार्टीले विश्वासको मत फिर्ता लिए पनि गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले भने यादवलाई मत दिने जनाएका छन् ।

प्रदेशसभामा कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस्तै, एमालेका २३, जनमतका १३ तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : २६ बजे

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित