राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजाअर्चना « Khabarhub

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजाअर्चना


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले शालीनदीमा गई पूजाअर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा राष्ट्रपति सहभागी भएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे । साथै उनले शालीनदीमा जल अभिषेक गरे ।

राष्ट्रपति पौडेल शालीनदी पुग्दा उनलाई सांसदद्वय सोविता गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नगर उपप्रमुख समिता श्रेष्ठ, माधवनारायण मेला व्यवस्थापन समितिका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे । शङ्खरापुर नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए ।

राष्ट्रपति पौडेल बज्रयोगिनी मन्दिर पुग्दा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।

राष्ट्रपतिले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

सो अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए। उनीहरूले राष्ट्रप्रमुखको भ्रमणपछि पुनर्निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे ।

सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरिन् । ‘शालीनदी र माधवनारायण मन्दिर पौराणिक एवं धार्मिक हिसाबले महत्वपूर्ण भए तापनि ओझेलमा परेको छ’, उनले भनिन्, ‘भूकम्पपछि धेरै मन्दिर निर्माणधीन अवस्थामा छन्, यसमा सहजीकरण हुने विश्वास लिएका छौँ ।’

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ०९ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी