राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजाअर्चना | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजाअर्चना


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले शालीनदीमा गई पूजाअर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा राष्ट्रपति सहभागी भएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे । साथै उनले शालीनदीमा जल अभिषेक गरे ।

राष्ट्रपति पौडेल शालीनदी पुग्दा उनलाई सांसदद्वय सोविता गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नगर उपप्रमुख समिता श्रेष्ठ, माधवनारायण मेला व्यवस्थापन समितिका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे । शङ्खरापुर नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए ।

राष्ट्रपति पौडेल बज्रयोगिनी मन्दिर पुग्दा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।

राष्ट्रपतिले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

सो अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए। उनीहरूले राष्ट्रप्रमुखको भ्रमणपछि पुनर्निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे ।

सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरिन् । ‘शालीनदी र माधवनारायण मन्दिर पौराणिक एवं धार्मिक हिसाबले महत्वपूर्ण भए तापनि ओझेलमा परेको छ’, उनले भनिन्, ‘भूकम्पपछि धेरै मन्दिर निर्माणधीन अवस्थामा छन्, यसमा सहजीकरण हुने विश्वास लिएका छौँ ।’

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ०९ बजे

आयोनले ल्यायो ‘द एक्स्ट्राअर्डिनरी अफर’, ८ लाख सम्मको छुट पाइने

काठमाडौं– आयोनले ‘द एक्स्ट्राअर्डिनरी अफर’ नामक प्रोमोशनल अफर सार्वजनिक गरेको

राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेसनल ल्यान्ड कभर म्याप २०२०-२०२२’

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौं– सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१-८२ मा योगदानकर्ताको वृद्ध

एक वर्ष यही मन्त्रिपरिषद् जान्छ : मन्त्री पाण्डे

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद्

जेम्स क्यामरुनको अवतार ३ को पहिलो झलक सार्वजनिक

काठमाडौं– हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म अवतार :