भारतमा तनाव– प्रभावशाली नेताहरु नजबन्दमा, सतर्कता बढाउँदै पाकिस्तान « Khabarhub

भारतमा तनाव– प्रभावशाली नेताहरु नजबन्दमा, सतर्कता बढाउँदै पाकिस्तान


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरमा तनाव बढेको छ । उक्त क्षेत्रका कयौं नेता र पूर्व मुख्यमन्त्रीलाई समेत सोमबार विहानै देखि नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो ।

नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री अमर उब्दुल्ला तथा महबूबा मुफ्तीलवाई आफ्नो घरबाट बाहिर निस्कने अनुमति दिएको छैन । महबूबा मुफ्ती र अमर अब्दुल्लाले राति अबेर ट्वीट गरेर आफूहरुलाई नजबन्द गरिएको जनाएका थिए ।

यसका साथै कश्मीरमा मोबाइल र इन्टरनेट पनि अस्थायी रुपमा बन्द गरिएको छ ।  अधिकारीहरुका अनुसार प्रहरी अधिकारी र जिल्ला अधिकारीलाई स्याटालाइट फोन उपलव्ध गराइएको छ ।

यसका अलावा श्रीनगरमा सोमबार राति देखि संविधानको धारा १४४ लागू गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसबीचमा कुनै पनि र्याली र सार्वजनिक सभाको अनुमति हुने छैन भने विद्यालय पनि बन्द रहने छन् ।

कारण

भारत नियन्त्रित कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको हिन्दू धर्मावलम्बीहरुको धार्मिक क्षेत्र अमरनाथ यात्राको समय अहिले हो ।

उक्त तीर्थ यात्राका क्रममा लाखौं मानिस अमरनाथ पुग्ने गरेका छन् । ४५ दिन लामो तिर्थ यात्रामा निस्किएका हिन्दू तीर्थयात्रीमाथि आतंककारी आक्रमणको खतरा रहेको सूचना भारतीय अधिकारीहरुले जारी गरेसँगै हजारौं संख्यामा तीर्थयात्रीले कश्मीर छाडेका छन् ।

पाकिस्तानद्वारा संरक्षित आतंकवादीहरुले वर्षको एकपटक मात्र जानसकिने अमरनाथतिर गइरहेका तीर्थयात्रीलाई आक्रमण गर्ने योजना बनाएको दाबी भारतीय अधिकारीहरुले गरेसँगै काश्मीरमा तनावको स्थिति सिर्जना भएको हो ।

भारत प्रशासित कश्मीरमा तनाव जारी भएपछि पाकिस्तान सरकार चिन्तित देखिएको छ । त्यसक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए । बैठक पछि प्रधानमन्त्री खानले भारतको आक्रामक रवैयाले उक्त क्षेत्रमा संकट उत्पन्न हुनसक्ने बताएका थिए ।

उनले भने‘कश्मीरको शान्तिपूर्ण र न्यायपूर्ण समाधान नै दक्षिण एशियामा शान्ति र सुरक्षाको बाटो हो ।’

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर समस्याबारे छलफल गर्न केही बेरमा मन्त्रिमण्डलको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : २६ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी