कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा « Khabarhub

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सोमबारबाट सुरु हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले आइतबार महासमिति बैठकस्थल ललितपुरको गोदावरीमा पत्रकार सम्मेलन गर्दै बैठकका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महासमिति बैठकको मुख्य उद्देश्य पार्टीको नीति निर्माण गर्नु रहेको कांग्रेसले जनाएको छ । महासमितिको सोमबार दिउँसो पार्टी सभापतिले उद्घाटन गर्ने कार्यक्रम रहको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेश गर्ने उनले बताए । त्यस्तै, लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने पनि विश्वकर्माले जानकारी दिए ।

बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

बैठकका लागि करिब दुई करोडसम्म खर्च हुने अनुमान गरिएको उनले बताए । राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता भन्ने मूल नाराका साथ सोमदेखि सुरु हुने महासमिति बैठक फागुन १० गतेसम्म चल्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : २९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्