नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्री खुला « Khabarhub

नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्री खुला


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ ।

यसमा २० लाख कित्ता सेयरमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।

यस सेयरमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । आवेदकहरूले चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ ।

आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : १७ बजे

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई

पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं– केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरू