‘कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले लोकतान्त्रिक समाजवादी संविधान बन्यो’ « Khabarhub

‘कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले लोकतान्त्रिक समाजवादी संविधान बन्यो’


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीकै कारण लोकतान्त्रिक समाजवादी संविधान बनेको बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी पार्टीको महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले भने , ‘नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था नहुँदा पनि कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान बन्यो । देश लोकतान्त्रिक बाटोमा गयो । यद्यपि केही असन्तुष्टि भने बाँकी रहने अवस्था रह्यो ।’

उनले यस विषम परिस्थितिलाई सम्हाल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले दुई पटक तीन वटै तहको निर्वाचन सम्पन्न गरेको उल्लेख गरे । यद्यपि संविधानले प्रत्याभूत गरेको मौलिक हकलगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनको निर्माणमा अझै बाँकी रहेको उनको भनाइ थियो । 

उपसभापति खड्काले राजनीतिक स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दो र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा सङ्क्रमणकालीन अवस्था लम्बिइरहेको बताए । सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै यसका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन नसकेको बताए। 

उनले नीति प्रस्ताव समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न नसकेको बताए । जसले गर्दा नागरिकका दुःख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन नसकेको उनको भनाइ थियो । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : ४४ बजे

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र