वाफ च्याम्पियनसिप : सिरियाविरुद्ध नेपाल ३–१ ले अगाडि « Khabarhub

वाफ च्याम्पियनसिप : सिरियाविरुद्ध नेपाल ३–१ ले अगाडि


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपमा सिरियाविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ ।

खेलको पहिलो हाफ सकिँदा नेपाल ३-१ अगाडी छ । नेपालका लागि अमिसा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले एक/एक गोल गरे ।

नेपालको तर्फबाट खेलका १० औं मिनेटमा अमिसा कार्कीले गोल गरेकी हुन् । त्यसको तीन मिनेट मै अनिता बस्नेतले कर्नर मार्फत सुन्दर गोल गरिन् । त्यस्तै नेपालका लागि १९ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गर्दैै खेललाई ३-० शुन्यको अवस्थामा पुर्याएकी थिइन् ।

खेलकाे ४२ औं मिनेटमा सिरियाले एक गोल फर्काएको थियो ।

नेपाली महिला फुटबल टोली पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिप खेल्दैछ। मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो। खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटी भइरहेको छ।

वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। समूहमा सहभागी टोली औसतका भए पनि नेपाली महिला फुटबलका लागि भने राम्रो अवसर हो।

नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्। नेपाली महिला टोली गत शुक्रबार साउदी अरेबिया गएको छ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्य टोली यसअघि नै मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घोषणा गरेका थिए।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : ३८ बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ