आज २०८० साल फागुन ९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन ९ गते बुधबारको राशिफल


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन ९ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी २१ तारिख। माग कृष्ण पक्षको द्वादशी तिथि।ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी राम्रो छ। समाजबाट सम्मान प्राप्त हुनेछ। लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता, मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा खुशी र शान्ति मिल्नेछ।

वृष : समय राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। हल्ला गर्ने धेरै भए पनि तपाईंको विजय निश्चित छ। धार्मिक लाभ र पारिवारिक सम्बन्ध सुधार हुने दिन छ।

मिथुन : दैनिकी राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। बोल्न गाह्रो मान्ने साथीको साथ पाइने छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वदेश भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोगबाट खुशी मिल्नेछ।

कर्कट : समय सामान्य छ। खुट्टा तान्ने सक्रिय छन्। सचेत भएर बस्नुपर्ने देखिन्छ। एक पटक सोचेर मात्र बोल्नु पर्नेछ। परिवारबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको लगानी फस्टाउने छ। रोगको प्रकोप बढ्ने जोखिम देखिन्छ।

सिंह : कर्मका लागि जोग चल्नेछ। प्रशंसा मिल्ने योग छ। लगानीबाट शिक्षाको क्षेत्रमा सन्तुष्टि मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खटपटी बढ्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। शुभ समाचारले मन खुशी हुनेछ। तपाईंका कर्मको प्रतिफल सहज हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र अब्बल छन्। चिट्ठा र शेयरमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। काम गर्ने जोश बढ्नेछ। आफूले आफूलाई चिन्ने प्रयास नगर्दा उतारचढाव देखिनसक्छ। साथी र परिवारको साथ र सहयोग रहने छ। खानपानमा ध्यान नदिएमा पुरानो रोग बल्झने देखिन्छ।

वृश्चिक : दैनिकी राम्रो छ। तपाईंले न्याय पाउने दिन छ। श्रम र लगानीबाट राम्रो प्रतिफल पाउनाले शान्ति मिल्नेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग रहने छ।

धनु : दिन राम्रो छ। राम्रो काममा हात लगाउनु पर्ने देखिन्छ। परोपकारको अवसर मिल्नेछ। परेवालाई दाना प्रदान गर्दा फाइदा हुनेछ। शनिदेवको बक्रदृष्टिमा छन्। स्वदेश तथा विदेशको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मकर : समय सामान्य छ। ठुलो काममा अगाडि नबढ्नु राम्रो हुन्छ। दैनिकीलाई निरन्तरता दिनु उपयुक्त हुन्छ। पुरानो लगानीको प्रशंसा हुनाले समय रमाइलो देखिने छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह थपिने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दैनिकी सामान्य छ। अप्रिय शब्दले अशान्त बनाउने छ। बढी रिस उठ्नाले नराम्रो शब्द बोलेर पश्चाताप गर्नुपर्ने हुनसक्छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र सन्तोषजनक रहेकाले पारिवारिक साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। सहयोग गर्ने धेरै छन्। कटु बोलीले आफन्त टाढिने खतरा छ। बोलीमा ख्याल गर्नु राम्रो हुन्छ। आफूले गरेका लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। पारिवारिक सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : २१ बजे

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित