टेकु अस्पतालमा हिमालयन बैंकको नगद काउन्टर संचालनमा « Khabarhub

टेकु अस्पतालमा हिमालयन बैंकको नगद काउन्टर संचालनमा


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आजदेखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ ।

अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो ।

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक बिदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान  गर्ने जनाएको छ । सो काउन्टरमा क्यू आर मार्फत पनि भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने छ ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् ।

सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : १७ बजे

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त