‘म्याकुरी’ को घरकलह छताछुल्ल, के हो विवादको चुरो ? « Khabarhub

‘म्याकुरी’ को घरकलह छताछुल्ल, के हो विवादको चुरो ?


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले अवैध सम्बन्ध राखेर एक युवतीलाई गर्भवती बनाएको दाबी गर्दै उनकी श्रीमती सुम्निमा खालिङ मिडियामा आएकी छिन् ।

ती युवतीले पवनसँगको सम्बन्धबाट आफू गर्भवती भएको स्वीकार गरेको भिडियो पनि सुम्निमाले विभिन्न मिडियाबाट सार्वजनिक गरेकी छिन् ।

विवाहको केही समयपछि अन्य केटीसँग पवनको सम्बन्ध रहेको थाहा पाएपछि आफूहरुको सम्बन्ध बिग्रिएको सुम्निमाको दाबी छ । श्रीमानबाट बिना कारण डिभोर्सको दबाब आएकाले विभिन्न समस्या झेल्नुपरेको उनी बताउँछिन् ।

बिनाकारण आफूलाई श्रीमानले लामो समय सुधार केन्द्रमा राखेको सुम्निमाको आरोप छ । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म एन्जाइटीको बिरामी थिएँ, उसको तनावले रक्सी खाँदा गाह्रो भयो । अनि मलाई सुधार केन्द्र लगेर राखियो । पवनले डिभोर्स दिने भए मात्रै सुधार केन्द्रबाट निकाल्छु भनेको थियो । ऊ भेट्न पनि आएन ।’

सुधार केन्द्रबाट भागेर आफू निस्किएपछि पवनको सम्बन्धको बारेमा थाहा पाएको उनको दाबी छ ।

यता पवनले भने श्रीमतीले लगाएको आरोप सबै झुटो भएको खण्डन गरेका छन् । सामाजिक सन्जालमा आफूलाई श्रीमतीका तर्फबाट आक्रमण भएको समेत उनको दाबी छ । उनले खबरहबसँग भने, ‘यो सबै कुरा जटिल बनेको छ । म निर्दोष छु । पत्रकार सम्मेलन गरेर सबै भन्छु । सत्य सार्वजनिक गर्छु ।’

पवन र सुम्निमा सन् २०२१ को अन्त्य तिर विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको अन्तरजातीय विवाह हो । सुम्निकाको माइती भारतको सिक्किम हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : ०५ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना