ईयुको सहयोगमा नेपालका स्थानीय तहमा ग्रिनसिफ्ट परियोजना सञ्चालन हुने « Khabarhub

ईयुको सहयोगमा नेपालका स्थानीय तहमा ग्रिनसिफ्ट परियोजना सञ्चालन हुने


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन- युरोपेली युनियन ईयुको सहयोगमा नेपालका विभिन्न स्थानीय तहमा ग्रिनसिफ्ट परियोजनाको सञ्चालन हुने भएको छ । चितवनमा एक समारोहबीच यस परियोजनाको औपचारिक शुभारम्भ गरिएको छ ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्का र इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले संयुक्त रूपमा सो परियोजनाको शुभारम्भ गरेका हुन् ।

इयुको सहयोगमा क्रिएसन नेपालले सञ्चालन गर्ने सो ग्रीनसिफ्ट परियोजना बागमती, मधेस र लुम्बिनी प्रदेशका ३–३ वटा स्थानीय तहमा चार वर्षसम्म सञ्चालन हुने बताइएको छ ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्काले नेपालमा फोहोर मैला व्यवस्थापन र फोहोर मैला मजदुरको समस्या समाधानका लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताइन् । परियोजनालाई कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने उनले बताइन् ।

इयुको सहकारिता उपप्रमुख इलोइसा अस्टुडिलोले प्लास्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाको जीवन शक्तिलाई सदुपयोग गर्नुपर्ने विषयमा जोड दिइन् । ‘यो परियोजना युरोपेली सङ्घको प्राथमिकताको विषय हो, चार वर्षको अवधिमा सञ्चालित परियोजनाबाट रूपान्तरणका प्रयासहरू देख्न म आतुर छु’ उनले भनिन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : २४ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको