विकास, निर्माण र जनजीवनका सवालमा सांसदले गराए ध्यानाकर्षण | Khabarhub Khabarhub

विकास, निर्माण र जनजीवनका सवालमा सांसदले गराए ध्यानाकर्षण


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रमा विकास, निर्माण र जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजपीडित र किसानका समस्या सम्बोधनको माग गरे । नेकपा (एमाले) का नेता योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गत कात्तिक १८ गतेदेखि उपकुलपति पद रिक्त रहेको र उपकुलपतिजस्तो पदको अन्तर्वार्ता शिक्षामन्त्री र सचिवले लिइने प्रवृत्ति गलत भएकाले स्वतन्त्र र निष्पक्षरूपमा उपकुलपति छनोट गर्न माग गरे।

बैठकमा सांसदहरूले मुलुकमा सुशासन हुनुपर्ने, स्थानीय तहमा बैंकका शाखा सञ्चालन हुनुपर्ने, कर्णाली करिडोर स्तरोन्नति हुनुपर्ने, कृषिका उपज सहजरूपमा बजारमा जाने वातावरण हुनुपर्ने, सहकारीपीडितले न्याय पाउनुपर्ने, मापदण्डविपरीत चुनढुङ्गा खानी उत्खनन गरी स्थानीयलाई प्रभावित पार्न नहुनेलगायत विषय उठाए। 

यस्तै सांसदहरूले सवारी दुर्घटना नियन्त्रण, बाल सुधारगृहमा अनुगमन हुनुपर्ने, जाजरकोटका भूकम्पपीडितले अझै राहत नपाएको, मेडिकल काउन्सिलको लाइसेन्सको परीक्षा तोकिएभन्दा एक दिन अगाडि बिनासूचना लिइएको विषय उठाएका थिए । 

सांसदहरू भगवती चौधरी, भानुभक्त जोशी, महेशकुमार बर्तौला, महेन्द्रबहादुर शाही, मैना कार्की, मानवीर राई, माधव सापकोटा, मुक्ताकुमारी यादव, गंगाप्रसाद यादव, मीना तामाङ, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराइली, रञ्जुकुमारी झा, रमा कोइराला पौडेल, राजन केसी, रामकुमार राई, रामहरि खतिवडा, रुक्मिणी राना बराइली, लक्ष्मी तिवारी, एलपी साँवा लिम्बू, लीलानाथ श्रेष्ठलगायतले भाग लिएका थिए।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १२ : २६ बजे

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने