तीव्र आँधीको आशंकामा मरिससद्वारा उडानहरू रद्द | Khabarhub Khabarhub

तीव्र आँधीको आशंकामा मरिससद्वारा उडानहरू रद्द


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोर्ट लुइस– मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो उष्णकटिबन्धीय आँधी आएपछि उडान र विद्यालयहरू बन्द गरेको मौसम विज्ञान सेवाहरूले जनाएका छन् ।

एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ । 

एक बुलेटिनमा भनिएको छ, ‘प्रारम्भमा हावा करिब ४० किलोमिटर प्रतिघन्टाको गतिमा दक्षिणपूर्व जानेछ । यो दिउँसो एक सय १० किलोमिटर प्रतिघन्टासम्म पुग्नेछ र फेरि एक सय २० किलोमिटर प्रतिघन्टाभन्दा बढी हुनेछ ।’

मुलुकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालकले हवाई सेवा बन्द हुने र राष्ट्रियवाहक एयर मरिससले बिहीबार बिहान प्रस्थानका लागि निर्धारित उडानहरू रद्द गर्ने बताएको छ । सार्वजनिक यातायात र विद्यालयहरू पनि बन्द गरिएको छ । 

आफ्नो सानदार सेतो बलौटे सामुद्रिक तटहरू र नीलो-हरियो पानीका लागि प्रसिद्ध दुर्गम टापु मरिसस कहिलेकाहीँ चक्रवातको मार्गमा पर्दछ । जनवरीमा उष्णकटिबन्धीय आँधी बेलालले एक व्यक्तिको ज्यान लिएको थियो र हजारौँ मानिसलाई विद्युत्विहीन बनाएको थियो । भवनहरूमा पानी भरिएका थिए भने यातायात प्रभावित बनेको थियो । 

प्रत्येक वर्ष नोभेम्बर-अप्रिलको मौसममा दक्षिण पश्चिम हिन्द महासागरमा करिब एक दर्जन आँधी वा चक्रवात आउँछन् । गत वर्ष फेब्रुअरीमा मरिससमा चक्रवात फ्रेडीका कारण भीषण वर्षा र आँधी आउँदा मलावी, मोजाम्बिक र मडगास्करलगायत सम्पूर्ण दक्षिण-पूर्वी अफ्रिकामा मृत्यु र विनाशको लहर निम्त्याएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १२ : ३६ बजे

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम

संसद विघटनमा माओवादी दुई धार, चुनावमा एक

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था