एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी « Khabarhub

एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकस्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ ।

सो विभागका सचिव सञ्जीव रोकाहाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताए । प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीले सहभागिता जनाएका छन् । 

प्रविधि कम्पनी रामलक्ष्मणको डिजिटल ठेगाना कता हो ? भन्ने जानकारीका साथै ड्रोन रोबटको प्रदर्शनी, लघुउद्यमसम्बन्धी नेपालमै मेसिन बनाउने भूमि सप्लायर्स कम्पनीका दुनाटपरी बनाउने मेसिन, फाइबर उत्पादन, केराका पातबाट डोरी बनाउने मेसिन, गल्लीको नक्साबारे जानकारी, अर्ग्यानिक कृषि औषधि र मिनी हाइड्रोबारे जानकारी दिने कक्षा राखिएको रोकाहाले बताए ।

प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिबारे जानकारी दिए।

स्वास्थ्य सहायता कक्ष

एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूको प्राथमिक स्वास्थ्य परीक्षणका लागि बैठकस्थलमा स्वास्थ्य सहायता कक्ष राखिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले राखेको सहायता कक्षबाट नेताहरूले रक्तचापको अवस्था, मधुमेह र अन्य प्राथमिक उपचार सेवा लिएका छन् भने औषधिसमेत उपलब्ध गराइएको छ । 

महासङ्घका अध्यक्ष डा झलक गौतमलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराइरहनुभएको एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । यही फागुन ८ गतेदेखि सुरु भएको एमालेको बैठक आज सकिँदैछ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  २ : ०७ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२