चैत १ मा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने « Khabarhub

चैत १ मा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न  जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो ।

बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानुपर्नेमा विशेष जोड दिए ।

थापाले आन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रवादी मोर्चा निर्माण गर्नुपर्ने आवश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपूर्वक निरन्तर प्रयासरत रहेको समेत बताए । आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सीमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आवश्यकता भएको थापाको भनाई थियो ।

बैठकमा उपत्यका भित्रका नगर ,क्षेत्र, जिल्ला अध्यक्षहरू तथा केन्द्रीय पदाधिकारी सदस्यहरूको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरू गर्ने समेत निर्णय भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ३ : ५० बजे

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : नेता पोखरेल

काठमाडौं– काठमाडौं निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी

आयोग भन्छ : मतदान केन्द्रमा स्वास्थ्यकर्मी राख, मन्त्रालय सोध्छ : अस्पतालमा कसले उपचार गर्छ ?

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा

निर्वाचन आयोगले भन्यो- मत सर्वेक्षण लाइभ गर्ने अनलाइनलाई कारबाही हुन्छ

काठमाडौं– निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द