कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रसम्बन्धी प्रस्ताव पेश « Khabarhub

कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रसम्बन्धी प्रस्ताव पेश


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ । 

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।

अभियानका संयोजक शङ्कर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले सो प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव बुझाएका थिए । 

विसं २०७१ कात्तिक २० गते स्थापना भएको उक्त महाअभियानले नेपाली कांग्रेसभित्रका विभिन्न बैठकहरुमा हिन्दू राष्ट्रको विषय गहन ढङ्गले उठाउँदै आएको छ । यसअघि नवलपरासीको त्रिवेणीधाममा सम्पन्न पार्टीको महासमिति बैठक र काठमाडौँमा भएको बैठकमा समेत हिन्दू राष्ट्रको मुद्दा उठेको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीको संयोजकत्वको उक्त महाअभियानले ९४ प्रतिशत ओमकार परिवारभित्र रहेको हिन्दूधर्मको मुद्दालाई उठाउँदै आएको हो ।

उक्त महाअभियानको सहसंयोजकमा पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महासमिति सदस्य लोकेश ढकाल तथा महासचिवमा केन्द्रीय सदस्यद्धय भीम पराजुली र मुक्ताकुमारी यादव छन्। यस्तै, पूर्वमन्त्री लक्ष्मण घिमिरेसहितको १५ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरिएको छ ।

उक्त अभियानमा आज अन्तिम दिनमा आइपुग्दा एक हजार ६१ महासमिति सदस्यले हस्ताक्षर गरेको महाअभियानका सहसंयोजक लोकेश ढकालले जानकारी दिए।

महासमिति बैठकमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बोल्ने महासमिति सदस्यले हिन्दू राज्यको मुद्दालाई प्राथमिकतासाथ उठाएको पाइन्छ । ‘धर्मको नाममा द्धन्द्ध निम्त्याउने आशय महाअभियानको होइन, आम जनताको भावनलाई बुलन्द बनाउनका लागि महाअभियान सञ्चालन गरेका हौँ’, सहसंयोजक ढकालले भने।

बहुमत महासमितिको भावनालाई कुल्चेर कांग्रेस अगाडि बढ्न नसक्ने ढकालले बताए । वैदिक सनातन हिन्दू धर्मले सिर्जना गरेका मूल्य, मान्यता र आदर्श साझा पहिचान भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने ढकालको भनाइ छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ३ : ५५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका