काठमाडौंमा ५ लाख बढी बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने   « Khabarhub

काठमाडौंमा ५ लाख बढी बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने  


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । यही फागुन १३ गते देखि सुरु हुने अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

कार्यालयले अभियान अन्तर्गत ५ लाख ९७ हजार ३ सय ५ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । १५ दिने खोप अभियानमा काठमाडौंका ११ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले बताए ।

उनका अनुसार काठमाडौं महानगरमा सबैभन्दा धेरै २ लाख ५० हजार बालबालिका खोपका लागि योग्य रहेको तथ्यांक रहेको छ ।

त्यस्तै शंखरापुरमा ७ हजार ५ सया ६७, कागेश्वरी मनोहरामा ५० हजार २ सय ८२, गोकर्णेश्वरमा ४९ हजार ६ सय ८२, दक्षिणकालीमा ८ हजार ५ सय १७, नागार्जुनमा २९ हजार २ सय ३४, टोखामा ४९ हजार ९ सय २ जनलाई खोप लगाउने लक्ष्य रहेको छ ।

त्यस्तै, तारकेश्वर नगरपालिकामा ४१ हजार ४ सय ३४, बुढानिलकण्ठमा ५० हजार ३२ जना, चन्द्रागिरिमा ३५ हजार ६ सय १८, कीर्तिपुरमा २५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

खोप लगाउनका लागि काठमाडौंमा मात्र १ हजार ६ सय ७० खोप केन्द्र र ३ हजार १ सय स्वयंसेवक खटिने भएका छन् । १५ दिनमा खोप अभियान नसकिए समयावधि थप्ने कार्यालयको योजना रहेको छ ।

खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेलाको अलावा नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिने तयारी रहेको छ ।
जस अन्तर्गत डिपीटी, पिसीभी र आईपिभी खोप लगाउने सरकारी योजना रहेको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेपछि पछिल्ला वर्षहरूमा काठमाडौं लगायत जिल्लामा दादुरा रुबेलाको संक्रमण अपेक्षाकृत रूपमा नघटेपछि सरकारले अभियानमा जोड दिएको हो ।

काठमाडौं लगायत २३ वटा जिल्लामा दादुरा रुबेलाको महामारी देखिएपछि सरकारले सन् २०२३ सम्म दादुरा निवारणको लक्ष्यलाई ३ वर्षपछि धकेलेको हो । सरकारी तथ्यांक अनुसार हाल दादुरा रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ ।

तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समूहको खोपमा पहुँच पुर्‍याउनुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ४ : ५९ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार