कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ : शेखर कोइराला « Khabarhub

कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ : शेखर कोइराला


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुने बताएका छन् । उनले देशवासीको भविष्य निर्माण गर्ने पार्टी कांग्रेस मात्र भएको उल्लेख गरे ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही फागुन ७ गतेदेखि सुकरु भएको कांग्रेस महासमिति बैठकको आज समापन सत्रमा बोल्दै नेता डा कोइरालाले महासमितिको बैठक समापनसम्म आइपुग्दा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य तथा त्यस्ता व्यक्ति, घटना र मोडको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी हुनुपर्ने बताए । उनले इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशानिर्देश गर्ने नेताको स्मरण गर्दै अग्रजहरुले राष्ट्र निर्माणका लागि सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्नुपर्ने उल्लेख गरे।

कांग्रेस आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यउन्मूख भएरै अगाडि बढ्नुपर्ने नेता कोइरालाको भनाइ थियो । पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुनःस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनले सामुहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौति भएको उनले उल्लेख गरे ।

देशभित्र उठेका मुद्दा र पार्टीलाई सुधार गर्ने विषयमाथि पार्टीले गम्भीर भएर छलफल गर्नुपर्ने, कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान नहुने, आम नागरिक आर्थिक कठिनाई, महङ्गी, बेरोजगारी, दण्डहिनता र भ्रष्टाचारको अन्त्य हुनुपर्ने उनले बताए ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले पार्टीका केन्द्रीय नेताहरु स्थानीय तहबाट प्रतिनिधि भएर आउनुपर्ने प्रवृत्तिबारे बैठकमा गम्भीर ढङ्गले उठेको बताए । उनले जनताका समस्या समाधान गर्न पार्टी लाग्नुपर्ने उल्लेख गरे ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेस आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताउनुभयो । “हामी सङ्गठित बनौँ, ठूलो पार्टीमात्र होइन, बहुमतप्राप्त पार्टी बन्न सक्छौँ,” उनले भने ।

कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले तीनै तहको सरकारलाई अधिकारसम्पन्न बनाएर अगाडि बढ्नुपर्ने बताए । “संविधानसभाबाट जारी भएको संविधानको रक्षा गर्दै आर्थिक क्रान्तिको बाटो कांग्रेसको नेतृत्वमा सम्पन्न गर्नुपर्छ,” उनले भने।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बैठकपछि जाँदा आगामी २०८४ सालमा हुने निर्वाचनमा पार्टीलाई जिताउने गरी उत्साह लिएर जान आग्रह गरे । उनले महासमितिका राम्रा कुरा आम जनतामाझ लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ८ : २३ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली