मृत्युको मुखबाट फर्के अक्षय « Khabarhub

मृत्युको मुखबाट फर्के अक्षय


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार ‘रियल एक्सन’बाट परिचित छन् । फिल्ममा एक्सन गर्दा उनी घाइते भएको खबर बाक्लै रुपमा सुनिन्छ । 

फिल्म सुटिङका क्रममा दुर्घटना हुँदा अक्षयले मृत्युलाई नजिकबाट देखेको समेत अन्तर्वार्तामा किस्सा सुनाउँछन् । फिल्म ‘ब्ल्यू’को दौरान पनि मृत्युको मुखबाट उम्केको घटना अक्षयको लागि अविस्मरणीय छ । 

सन् २००९ मा प्रदर्शनमा आएको सो फिल्मको सुटिङका दौरान अक्षय ४० भन्दा बढी शार्कले घेराबाट उम्किएका थिए । ‘ई टाइम्स’ लाई दिएको अन्तर्वार्तामा उनले बताएअनुसार पानीमुनि सुटिङका क्रममा टाउकामा चोट खेप्नु परेको थियो । 

त्यससमय उनी बिना अक्सिजन पानी मुनि गएको बताउँछन् । त्यही समय उनलाई १५० फिट तल रहेको र माथिबाट ४०-४५ शार्कले घेरेका थियो । ती शार्कको शिकार हुनबाट आफू जसो तसो बाचेको उनी बताउँछन् । 

यसलाई उनी मृत्युलाई नजिकबाट नियालेको दुर्घटनाका रुपमा लिन्छन् । सुटिङमा भएको दुर्घटना मध्ये यो नै उनको लागि अविस्मरणीय हो । 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : २० बजे

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने

सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ

काठमाडौं– विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने