‘महाजात्रा’को महाकमेडी यात्रा’ | Khabarhub Khabarhub

‘महाजात्रा’को महाकमेडी यात्रा’


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘महाजात्रा’ फिल्म प्रचारका लागि निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समूहका अनुसार यात्रा दुई चरणमा हुनेछ ।

दर्शकहरूलाई सहर–सहरमा पुगेर फिल्म हेर्न आमन्त्रण गर्नका लागि निर्माण समूहले यात्राको तयारी गरेको हो । फिल्मका निर्देशक म्याक्स खत्री भन्छन्, ‘हामीले फिल्म प्रचारका लागि मोफोसलमा पनि गतिविधि गर्ने लागेका हौं । उहाँहरूको मनोरञ्जनका लागि विभिन्न कार्यक्रम पनि गर्ने तयारी छ ।’

यात्रा अन्तर्गतका कार्यक्रममा विभिन्न सहरमा ‘महाजात्रा’को कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठलगायतको प्रस्तुति रहने निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै, अन्य हास्यकलाकार सुमन कोइराला, प्रभात लामा, सन्तोष थापा पनि यस यात्रामा सहभागी हुने बताइएको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको यो फिल्म चैत ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ०१ बजे

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन

काठमाडौं–  सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन्

फागुन २१ गतेका लागि घोषित निर्वाचनमा कति लाग्ला खर्च ?

काठमाडौं– जेन-जी पुस्ताको आन्दोलनको बलमा नेपाली कांग्रेस– नेकपा एमाले नेतृत्वको

जेन-जी आन्दोलनमा आगजनीबाट ध्वस्त भएको संसद् भवन हेर्न पुगे सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त

सेबोनले सेयर निष्कासन नगर्दा लगानीकर्ताले १ खर्ब ८ अर्ब गुमाए : इप्पान

काठमाडौं– धितोपत्र बोर्ड नेपाल (सेबोन)ले सेयर निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा

बालेनको घर जलाएको फेक भिडियोमा महेशको आत्मरति 

काठमाडौं– एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको