केपी ओली कप फुटबल प्रतियोगितामा केपी ओली फुटबल क्लबको विजयी सुरुवात « Khabarhub

केपी ओली कप फुटबल प्रतियोगितामा केपी ओली फुटबल क्लबको विजयी सुरुवात


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक केपी ओली फुटबल क्लब (केपीएफसी)ले दोस्रो केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा केपीएफसीले चर्च ब्वाइजलाई ३–० ले पराजित गर्‍यो । केपीएफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफानाले एक गोल गरे ।

जितसँगै केपी ओली क्लब क्वाटरफाइनल पुगेको छ । खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाएका छन् । नेपालका सात टिममा जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लब रहेका छन् ।

सेमिफाइनल र फाइनल खेलबाहेक सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०–५० हजार रुपैयाँ प्रदान गरिने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ०८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु