प्रसूति गृहबाट चोरी भएको शिशुको सकुशल उद्धार, तीनजना पक्राउ | Khabarhub Khabarhub

प्रसूति गृहबाट चोरी भएको शिशुको सकुशल उद्धार, तीनजना पक्राउ


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हिजो दिउँसो चोरी भएको शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुको चोरी गर्ने दैलेखकी २४ वर्षीया मनीषा सिंह सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनिषाकी दिदी र श्रीमानसमेत छन् ।

प्रहरीले सीसीटिभी फुटेजका आधारमा काठमाडौँको काँडाघारीस्थित सनसिटी अपार्टमेन्ट क्षेत्रबाट शिशुको उद्धार गरी चोरी गर्ने महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।

काभ्रे घर भई काठमाडौँ बस्दै आएकी सविना श्रेष्ठको २६ दिने शिशु शुक्रबार दिउँसो प्रसुतिगृहबाट चोरी भएको थियो।

शिशुको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार पछि बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : २१ बजे

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– पोखरा महानगरपालिका-३१, बेगनासताल कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु