कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’ « Khabarhub

कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । सहकारीले १६ बिघा जग्गा खरिद गरेर २०७५ सालदेखि ‘एनएमसी एग्रो फार्म’ सञ्चालन गर्दै आएको हो ।

मेचीनगर–१४ कलमबाडीस्थित सो फार्ममा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवा, साइलेज र तरकारी उत्पादन हुँदै आएको छ ।

कृषि उद्यममा उक्त फार्म नमुना बन्दै गएको छ । विसं २०५० मा बचत तथा ऋण कारोबार सुरु गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कृषि, उद्योग, व्यापार र सेवाको विविध क्षेत्रमा लगानी बढाउँदै लगेको छ ।

एग्रो फार्ममा २२ करोड ७६ लाख लगानी भइसकेको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । एग्रो फार्मबाट ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कारोबार र सदस्यको आधारमा कोशी प्रदेशकै ठूलोमध्येको यस सहकारी संस्थाले एग्रो फार्मसहित डेरी उद्योग, बचत तथा ऋण कारोबार, सहकारी पसल र चिया व्यवसाय सञ्चालन गर्दै आएको छ ।

एग्रो फार्मका लेखा विभाग प्रमुख सुमन पोखरेलका अनुसार फार्मले ६ महिनामा दुई करोड सात लाख आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को अर्धवार्षिक अवधिमा गाईपालनबाट सबैभन्दा धेरै ८० लाख २६ हजार आम्दानी भएको छ । सो अवधिमा फार्ममा एक लाख १२ हजार ६४२ लिटर दूध उत्पादन भएको थियो ।

एग्रो फार्ममा एक सय उन्नत जातका गाई पालिएका छन् । जसमध्ये ४५ गाई दूध दिइरहेका लहिनो छन् । एउटा गाईले दैनिक २५ देखि ४० लिटरसम्म दूध दिने गरेको प्रमुख पोखरेलले बताए ।

मौरीपालनबाट दुई हजार ४५ किलो मह उत्पादन भएको र त्यसको बिक्रीबाट १२ लाख ६८ हजार आम्दानी भएको फार्मले जनाएको छ । फार्मले उक्त अवधिमा चार हजार ८१० किलो माछा र ७७३ किलो हाँसको मासु उत्पादन गरेको छ ।

माछापोखरी एक बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । जहाँ उत्पादित माछा बेचेर १२ लाख ३६ हजार आम्दानी गरेको फार्मले जनाएको छ । फार्ममा गाईभैँसीको पोषिलो आहार मानिएको बेल साइलेज उत्पादन हुने गरेको छ । फार्मले साइलेज जिल्लाभरका साना गाई फार्म र पशुपालक कृषकलाई बिक्री गर्दै आएको छ ।

चालु आवको ६ महिनामा १० लाख ७५ हजारको पोषिलो घाँस र सात लाख ९० हजारको बेल साइलेज बिक्री भएको फार्मका अधिकृत पोखरेलले जानकारी दिए ।

उनका अनुसार तरकारी बिक्रीबाट ६ लाख ५० हजार र बिरुवा बिक्रीबाट ६ लाख ५८ हजार आम्दानी भएको छ । फार्मको कस्टम हाइरिङ सेन्टरबाट ५५ लाख ७२ हजार आम्दानी भएको छ ।

आगामी दिनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी)सँग सम्बन्धन लिएर कृषि तथा पशुपालनसम्बन्धी विभिन्न प्रकृतिका तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने फार्मको योजना रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : १८ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६