न्याय नपाएसम्म घर नर्फकने लघुवित्त, मिटरब्याज र सहकारीपीडितको अडान « Khabarhub

न्याय नपाएसम्म घर नर्फकने लघुवित्त, मिटरब्याज र सहकारीपीडितको अडान


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुवित्त पीडित, मिटरब्याज पीडित र सहकारी पीडितहरूले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडितहरू लाखौंको सङ्ख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् । मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले फुहरर विगत ३ वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । 

मिटरब्याज पीडितहरू लाखौंको सङ्ख्यामा रहेको र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानविनका लागि बनेको आयोगको म्याद सकिएको उनले बताए । उनले सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने माग गरे। त्यसैगरी पीडकहरुले घटाएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाहरू छानविन गरी उचित दण्ड सजायको ब्यवस्था गरिनुपर्ने उनको भनाइ छ । 

त्यस्तै मिटरब्याज पीडित शिलादेवी ठाकुरले आफूले पटक-पटक गरी तीन लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताए । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनले बताए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरूको पक्षमा आफूहरूले ६३ दिन आन्दोलन गरेको उल्लेख गरे । आन्दोलनका क्रममै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शनस्थलमै आएपश्चात सात बुँदे सहमति भएको उनले बताए । 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : १६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको